दार्जीलिङद्वारा झापा पराजीत



३० वैशाख, उर्लाबारी।
मोरङको उर्लाबारीमा सञ्चालित मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको आजको अन्तिम क्वार्टर फाइनल खेलमा झापा ११ लाई पाखा लगाउँदै भारतको दार्जीलिङ ११ सेमी फाइनलमा प्रवेश गरेको छ।
दार्जीलिङले एन्फा कप विजेता झापालाई टाईब्रेकरमा ६-५ गोल अन्तरले पराजित गरी आफुलाई सेमीफाइनमा उतारेको हो ।
चौथो दिनको सो खेल निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
झापा ११ का तर्फबाट कर्ण लिम्बू, नगेन्द्र लिम्बू, मिन थापा, गणेश खड्का, बुद्ध चेम्जोङ सहितका राष्ट्रिय खेलाडी वाहुल्य रहेको थियो । जसमा नाइजेरियन फूर्तिला खेलाडी अल्वास र खनिरको समेत सहभागिता रहेको थियो ।



झापा ११ ले आफुले नेपाल च्याम्पियनको हैसियतमा आफुलाई गौरवकासाथ उतारेको थियो । उसलाई रोक्नका लागि दार्जीलिङको उत्तिकै कुशलता देखियो । दार्जीलिङ ११ भने यस प्रतियोगितामा पहिलोपटक सामेल भएको टिम हो ।
भोलिको पहिलो सेमीफाइनल खेल गत वर्षको विजेता दमक फुटबल क्लब र आयोजक टिमबीच हुनेछ ।




Comments