बेवारिसे महिला मृत फेला




७ जेठ, दमक।
झापाको दमकस्थित बसपार्कमा एक बेवारिसे महिलाको शव फेला परेको छ । आज साँझ अन्दाजी ५० बर्षकी जस्तो देखिने ती महिला मृत अवस्था फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
केही दिनदेखि चोक, बजार क्षेत्रमा मागेर हिँड्ने गरेकी उनको शव भेटिएको हो ।
शव पोष्टमार्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।



Comments