पहिलो एल्बमको तयारीमा दियाली



सरोज बस्नेत, उर्लाबारी
नवगायक मनि दियालीले पहिलो एल्बम 'प्रयास’ बजारमा ल्याउने तयारीमा जुटेका छन् ।
झापाको दमकस्थित बेलडाँगी भुटानी शिबिरका २० बर्षिय दियालीले दुई महिनाभित्रै पहिलो एल्बम बजारमा ल्याउन लागेका हुन् । आधुनिक गीतहरु समावेश उक्त एल्बममा उनको एकल स्वर रहेको छ । उनले भने, 'गीत रेकर्डिङको क्रममा छ , दुई महिनाभित्र एल्बम बजारमा आउँछ ।’
सानैदेखि संगीत क्षेत्रमा लगाव रहेको बताउने गायक दियालीले पूर्वका अधिकांश स्टेण्जहरुमा गीत प्रस्तुत गरिसकेका छन् । उनले घरपरिवारको साथ सहयोगले गर्दा यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताएका छन् ।
'मलाई गलाले साथ दिएसम्म संगीतलाई छोड्ने छुइनँ र छोड्न पनि सक्दिनँ', उनले भने, 'संगीत नै मेरो लागि सबथोक हो ।’






Comments