भारतीय गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु



७ जेष्ठ, दमक।
भारतीय गाडीको ठक्करबाट झापाको तोपगाछीमा बुधवार राति एक पैदल यात्रीको मृत्यु भएको छ।
ठक्करबाट सडकमा हिँडिरहेको स्थानीय ४० बर्षिय कृष्ण प्रसाद लेखर्बुको घटनास्थलमै मृत्यु भएको हो।
पूर्वतर्फ जाँदै गरेको एक भारतीय सानो गाडीले राति सवा ९ बजेतिर तोपगाछी ७ स्थित पूर्वपश्चिम राजमार्गमा पैदल यात्रीलाई ठक्कर दिई फरार भएको थियो।
शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलवारेमा राखिएको छ। ठक्कर दिने सवारीको खोजतलास गर्ने क्रममा दुईवटा भारतीय नम्बरको गाडीलाई राति नै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।



Comments