नपालाई दिइएको जग्गा तोकिएको समयमा नामसारी हुन सकेन



शान्तिराम बस्नेत, शिवसताक्षी।
शिवसताक्षी नगरपालिकाले भवन निर्माणार्थ जग्गा प्रकृया अघि बढाउँदै गर्दा जेठ १० गतेसम्ममा पहिलो सूचीमा परेका लोक बहादुर अधिकारी लगायतले दिएको जग्गा विविध कारणले रजिष्ट्रेसन हुन नसकेको बुझिएको छ ।
व्याङ्गडाँडास्थित हाल नगरपालिका कार्यालय रहेको स्थान आसपासका जग्गा व्यवस्थापन गर्ने गरी समाजसेवी तारासिंह लिङ्गदेनको संयोजकत्वमा जग्गा छनौट समिति गठन गरिएको थियो । सो समितिले ३ स्थानका जग्गा उपयुक्त ठानी राजनैतिक संयन्त्र तथा नगरपालिकालाई आफ्नो निर्णयहित प्रतिवेदन बुझाए पनि राजनितिक खिचातानीका कारण संयन्त्रले जग्गा प्रकृया अघि बढाउन सकेको थिएन ।


२०७२ बैसाख २७ गते बसेको सर्वपक्षीय संयन्त्रले ५ वटा निवेदनउपर छलफल गरी जग्गा प्रकृयाको निर्णयसहित सूचीक्रम बाहिर ल्याएको थियो ।सूचीक्रमअनुसार जग्गा दिने दाताहरुमा क्रमशः लोकबहादुर अधिकारी, बालकृष्ण दवाडी, यज्ञराज ओली, गणेश खड्का, अग्नि दुलालको नाम सार्वजनिक गरेको हो । सोही क्रमअनुसार पहिलो जग्गा दाताले २०७२ जेष्ठ १० गतेभित्र सबै प्रकृया पुर्‍याई नगरपालिकाको नाममा रजिष्ट्रेशन गरिसक्नु पर्ने निर्णय भएको भएपनि तोकिएको समयमा जग्गा रजिष्ट्रेशन हुन नसके दोश्रो क्रमका जग्गा दाता बालकृष्ण दवाडीले ०७२ जेष्ठ २० गतेसम्ममा रजिष्ट्रेशन गरिसक्नु पर्ने तेश्रोले २५ गते, चौथोले ३० गते र पाँचौ जग्गा दाताले ०७२ आषाढ ५ गते भित्रमा आफुले निःशुल्क उपलब्ध गराएको जग्गा नगरपालिकाको नाममा रजिष्ट्रेशन गर्नु पर्ने निर्णय भएको शिवसताक्षी नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद गुरागाईंले बताए । सो निर्णयमा १३ राजनितिक दलका प्रमुख तथा प्रतिनिधि र नगरपालिकाका कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।



Comments