भूकम्पमा परी ४८ को मृत्यु, एक हजार बढि घाइते



२९ बैशाख, दमक।
आज दिउँसो गएको भूकम्पमा परेर सुनसरीमा एकजनाको ज्यान गएको छ । दिउँसो १२:५० मा गएको भुकम्पका कारण यो समाचार तयार पार्दासम्म (साँझ ६ः२५) ४८ जनाको ज्यान गएको छ।
भूकम्पका कारण दोलखामा मात्रै २४ जनाले ज्यान गुमाएका छन् भने सिन्धुपाल्चोकमा ९ जना, रामेछापमा ३ जना र सिन्धुलीमा २ जनाको ज्यान गएको छ।




त्यस्तै काठमाडौ‍ उपत्यकामा ५ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
त्यसैगरी धनुषा, रौतहट, सर्लाही र गोरखामा पनि एक एक जनाले ज्यान गुमाएका छन्
भूकम्पबाट अहिलेसम्म एक हजार जनाभन्दा घाइते भइसकेको गृहमन्त्रालयले जानकारी दिएको छ ।





Comments