श्रमदानमा युवाहरुको सक्रियता




१६ जेठ, उर्लाबारी।
मोरङको उर्लाबारीका युवा तथा एकिकृत नेकपा माओबादीनिटक युवा संगठन वाइसीयलका मोरङ क्षेत्र नं. ९ का उपाध्यक्ष सुशन लिम्बुको नेतृत्वको टोली सिन्धुपाल्चोकमा श्रमदान गरेर आज फर्किएको छ ।
सिन्धुपाल्चोक जिल्लाको भोटेनाम्लाङ गाबिस विद्यालयको भवन निर्माण तथा भूकम्प प्रभावितहरुलाई टहरा निर्माण गरेर सो टोली फर्किएको हो ।

विद्यालय पुनःनिर्माण तथा राहत वितरणमा सक्रिय रुपमा लागि परेको क्षेत्रीय उपाध्यक्ष लिम्बुले बताए। भूकम्पले देशमा ठूलो क्षति पुगेकाले केही राहत पुगोस् भन्ने उद्देश्यले श्रमदानमा गरेको उनको भनाई छ । श्रमदानको लागि पुनः त्यसतर्फ जाने उनले जानकारी दिए। जनताको अवस्था ज्यादै नाजुक रहेको र त्यसका लागि सबैले सहयोग गर्नु पर्ने उनको धारणा छ ।





Comments