दिवंगत आत्माको शान्तिको कामना गर्दै दमकमा दीप प्रज्ज्वलन



७ बैशाख, दमक।
हालै आएको विनाशकारी भूकम्पबाट ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै कांग्रेस निकट महिला संघको अगुवाईमा आज साँझ यहाँ दीप प्रज्ज्वलन गरिएको छ । स्थानीय गणतन्त्र चोकमा आयोजना गरिएको सो कार्यक्रममा सहभागीहरुले भुकम्पमा परेर ज्यान गुमाएकाहरुको स्मृतिमा एक मिनेट मौनधारण गरेका थिए।
संघकी केन्द्रीय सदस्य तथा सभासद महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पार्टी तथा भातृसंगठन सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


संघकी नगर सभापति मन्दरा पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति शेर वहादुर भट्टराई, नगर सभापति ढुण्डिराज भण्डारी, महासमिति सदस्यहरु राजन ढुंगाना, दिल बहादुर बुढाथोकी, नेपाल महिला संघ क्षेत्रीय सभापति रेगिना भट्टराई प्रसाईं, नेपाल विद्यार्थी संघका झापा सभापति रोशन विष्ट लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल महिला संघ दमक र क्षेत्रीय कार्य समितिका संयुक्त आयोजनामा भएको थियो ।






Comments