भुकम्प पीडितलाई आम्दाको राहत



१७ जेठ, दमक।
विनाशकारी महाभुकम्पवाट विचल्नीमा परेकाहरूलाई राहत तथा पुनर्स्थापनाका लागि झापा, दमकस्थित आम्दा अस्पतालले १ लाख ६ हजार ६ सय २० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको वैशाख महिनाको तलववाट कट्टा हुने गरी १ दिनको खाईपाई आएको तलव वरावरको रकम कोषलाई हस्तान्तरण गरिएको हो।
उक्त रकम अस्पतालले आइतबार कोषमा पठाएको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नविन ढकालले जानकारी दिए । यसअघि सो अस्पतालले भुकम्पपीडितहरुका लागि प्रभावित क्षेत्र सिन्धुपाल्चोकमा पुगेर एक साता लामो स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो ।



Comments