भुकम्पको त्रास कम गर्न पूर्वका एघार ठाउँमा साँस्कृतिक कार्यक्रम



१२ जेठ, दमक।
भुकम्पको त्रास र प्रभाव कम गर्ने उद्देश्यका साथ नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले पूर्वका तीन जिल्लामा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
१५ जेठमा मोरङको बेलबारीबाट शुरु हुने त्यस्तो कार्यक्रम २४ जेठमा इलामको फिक्कलमा पुगेर समापन गरिने प्रतिष्ठानका सदस्य-सचिव गणेश रसिकले जानकारी दिए।
झापाको दमकमा सोसम्बन्धी अन्तरकृया गर्न आएका रसिकले मानिसहरुलाई मनोरञ्जन दिँदै जीवनमा जाँगर भर्न मोरङ, झापा र इलामका ११ ठाउँमा साँस्कृतिक कार्यक्रम गर्न लागिएको बताए।
पूराना लोक गायक लक्ष्मी जोशीको आतिथ्यतामा भएको कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु राम धामी, कोमल निरौला, प्राध्यापक भूमि दाहाल लगायतले मन्तब्य राखेका थिए।

Comments