पौडी खेल्ने क्रममा डुवेर मृत्यु




६ जेठ, दमक।
झापाको गरामनीमा पौडी खेल्ने क्रममा डुवेर एक युवकको ज्यान गएको छ।
गरामनी १ स्थित पोखरीमा पौडी खेल्ने क्रममा डुवेर पाँचथर मेमेङ घर भई हाल गरामनी २ मा डेरा गरी बस्ने २२ वर्षिय दिपेन्द्र राईको ज्यान गएको हो ।
मंगलबार दिउँसो अढाई बजेतिर साथीहरुसँग पौडी खेल्न गएका उनी डुबेपछि साथीहरूले बाहिर निकालेर उपचारका लागि लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ।



Comments