घर आउन लागेका मुण्डाको कतारमा मृत्यु



१४ जेठ, दमक।
बैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापा, शिवसताक्षीका एक युवाको मृत्यु भएको छ ।
विगत ५ वर्षदेखि कतारस्थित अलअबद्ली ग्रुपमा फोर्कलिफ्ट अपरेटरको रुपमा कार्य गर्दै आएका शिवसताक्षी-४, लालपानीका बिरेन मुण्डाको यहि जेठ ४ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।




छुट्टी मनाउन जेठ ६ गते नेपाल आउने मिति तय भइसकेको अवस्थामा जेठ ४ गते साथीभाईहरुसँग हाँसखेल गर्दै बसिरहेको अवस्थामा नै अचानक बेहोस भई लडेका उनको उपचारको क्रममा कतारस्थित हमाद अस्पतालमा मृत्यु भएको निजका भाई निरेन मुण्डाले बताए।
मृतकका बाबु फुलचन मुण्डा, आमा बैशाखी, श्रीमती सुमित्रा तथा २ छोराहरु १२ वर्षका सागर र ११ वर्षका सुरज रहेका छन् ।
हाल उनको शव हमाद अस्पतालमै रहेको र उनका परिवारको इच्छा अनुसार मृतकको मृगौला र फोक्सो दानसमेत दिइएको श्रीमती सुमित्राले जानकारी दिइन्। उनले मृतकको शव नेपालमा ल्याईदिन नेपाल सरकारसँग अनुरोधसमेत गरेकी छिन् ।



Comments