उद्योग तथा ब्यवसायी महासंघको क्षेत्रीय कमिटी गठन




१७ जेठ, दमक।
नेपाल उद्योग तथा ब्यवसायी महासंघ पूर्वाञ्चल क्षेत्रीय कमिटी गठन भएको छ ।
आज झापाको दमकमा सम्पन्न नेकपा एमाले निकट ब्यवसायीहरुको भेलाले २७ सदस्यीय महासंघको पूर्वाञ्चल क्षेत्रीय कमिटी चयन गरेको हो । गठित कमिटीको अध्यक्षमा श्रीप्रसाद मैनाली, सहअध्यक्षमा गणेश बहादुर बस्नेत रहेका छन्।



त्यस्तै सदस्यहरुमा राजकुमार श्रेष्ठ, तारा घिमिरे, सञ्जय सम्वाहाम्फे, गोविन्द थापा, सभा पौडेल, हरि थापा, लेखनाथ खत्री र प्रभाकर कडरिया रहेका छन् । महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मीदास मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, महासंघका केन्द्रीय सचिव एलपी साँवाले पेशागत हकहितका बारेमा बोलेका थिए।
यसैबीच झापा, धरमपुरचोकका व्यावसायीहरु संगठित भएका छन् ।
धरमपुर चोकमा व्यापार व्यावसाय गर्दै आएका व्यवसायीहरुको भेलाले धरमपुर व्यापार समाज गठन गरेका हुन् । पेशागत सुरक्षा, बजार सरसफाई लागि भन्दै समिति गठन गरिएको हो । सोही भेलाले लिलावहदुर जोशी (कुमार) को अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा केडी रिजाल, कोषाध्यक्षमा मिना शाही र सचिवमा मोहन सेन्चुरी रहेका जनाइएको छ ।



Comments