एमाले झापा ६ नम्बर क्षेत्रीय कमिटीले उठायो १६ टन चामल





१३ जेठ, दमक।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेची अञ्चल इन्चार्ज हिक्मत कार्कीले विपतमा परेकाहरुलाई सहयोग गरेर मलम पट्टी लगाउनु पर्ने बताएका छन् ।
आज गौरादहमा एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ६ ले संकलन गरेको राहत सामाग्री रामेछाप र दोलखा जिल्लामा पठाउन आयोजित कार्यक्रममा बोल्दै नेता कार्कीले जहाँका भए पनि हाम्रै नेपालीलाई परेको समस्या भएको हुँदा सबै मिलेर मलम पट्टी गर्नु पर्ने बताए।



क्षेत्र नम्वर ६ को ९ गाविसबाट संकलन गरिएको १६ हजार १ सय ५० केजी चामल रामेछाप जिल्लाको मन्थली नगरपालिकाको सुनारपानी गाउँमा गत बैशाख १२ र २९ गते आएको भूकम्पबाट पिडितलाई स्थानीय प्रशासनसँग समन्वय गरेर बितरण गर्ने क्षेत्रीय कमिटी सचिव नगेन्द्र भण्डारीले बताए। सुनारपानी गाउँमा पुगेर राहत वितरणका लागि नेता कार्कीको नेतृत्वमा झापा जिल्ला सदस्य चन्द्र सुब्बा, क्षेत्रीय उपाध्यक्ष राजेन्द्र सुवेदी र क्षेत्रीय सदस्य भरत फुयाल सहितको टोलीलाई पठाएको छ।
क्षेत्रीय कमिटीले संकलन गरेको १ लाख २३ हजार रुपैयाँ जिल्ला कमिटीमार्फत एमालेको केन्द्रीय कमिटी हुँदै प्रधान मन्त्री राहत कोषमा पठाइने जनाइएको छ।



Comments