१ जेठ, दमक।
झापा र मोरङका बेग्लाबेग्लै घटनामा दुईजनाको ज्यान गएको छ ।
झापाको ज्यामिरगढीस्थित वनमा दाउरा खोज्न गएका एक बालकको रूखको हाँगाले लागेर मृत्यु भएको हो।
ज्यामिरगढी १ स्थित हातेमालो सामुदायिक वनमा दाउरा खोज्न गएका ईश्वर डाँगीका ११ बर्षिय छोरा मन्जिल डाँगीको टाउकोमा रुखको हाँगाले लाग्दा ज्यान गएको हो। विहीबार विहान दाउरा खोज्ने क्रममा रुखमा अल्झिएको हाँगा तान्नेक्रममा उनको टाउकोमा हाँगा खसेको थियो। गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उता मोरङको जाँते २ भीरमा आज एक पुरुषको लडेर मृत अवस्थामा शव फेला परेको छ।
जाँते १ बस्ने ४२ वर्षका किर्ते राईको शव भीरबाट खसेको मृत्यु भएको अवस्थामा आज बिहान ९ फेला परेको हो। राई हिजो राति करिब १० बजे मदिरा सेवन गरेर घरबाट बाहिर हिँडेका थिए। उनी घर फर्किएर नआएपछि आफन्तहरुले खोजी शुरु गरेका थिए।
घटनास्थलमा खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।
Comments
Post a Comment