दमकको मिस्ट कलेज देशभरिकै उत्कृष्ट



६ जेठ, दमक।
झापाको दमकस्थित मानसरोवर इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (मिस्ट कलेज) ले डिप्लोमा इन फार्मेसीको प्रथम वर्षको नतिजामा नेपालमै प्रथम स्थान ल्याउन सफल भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले सार्वजनिक गरेको नतिजामा मिस्ट कलेज नेपालमै उत्कृष्ट नतिजा ल्याउँदै प्रथम भएको हो । कलेजका निर्देशक टीकाप्रसाद श्रेष्ठले सो कलेजबाट ३७ जनाले परीक्षा दिएकोमा ३१ जना विद्यार्थी उत्तीर्ण भएको जानकारी दिए। यो ८३ दशमलव ७८ प्रतिशत नतिजा हो ।
मिस्ट कलेजले देशभरका २७ वटा डिप्लोमा इन फार्मेसी अध्ययन हने कलेजहरुलाई पछि पार्न सफल भएको हो । मिस्ट कलेजपछि काठमाडौँको एउटा कलेज दोस्रो तथा चितवनको कलेज तेस्रो भएका छन् ।



मिस्ट कलेज अघिल्लो बर्ष नेपालमै तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । २०६६ सालमा स्थापना भई सञ्चालन हुँदै आएको कलेजमा फार्मेसी र सामान्य चिकित्सा (एचए) विषय अध्ययन हुन्छ । कलेजमा हाल २ सय ४० जना विद्यार्थी अध्ययनरत छन् ।
यस्तै सामान्य चिकित्साको प्रथम वर्षको नजितामा पनि ३४ जनामा २७ जना विद्यार्थीलाई उत्तीर्ण गराई पूर्वमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको श्रेष्ठले बताए।






Comments