घरका छतबाट टावर हटाउन माग




११ जेठ, दमक।
घरका छतहरुमा निर्माण गरिएका टावरहरु हटाउन दमक नगरपालिकाले विभिन्न सञ्चामाध्यम तथा सूचना प्रदायक संस्थाहरुलाई अनुरोध गरेको छ । दमक नगरपालिकाको आज सम्पन्न नगर बोर्डको बैठकले नगर क्षेत्र भित्रका घरहरुका छतमा निर्माण भएका टावरहरु हटाउन सम्बन्धित पक्षलाई अनुरोध गरेको हो ।
भुकम्प, हावाहुरी जस्तो प्राकृतिक प्रकोपका समयमा कुनैपनि बेला जोखिम हुनसक्ने भन्दै नगरबासीको गुनासो आउन थालेपछि यस्तो निर्णय गरिएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए। नगरपालिकाले सोमबार दुईहप्ते सूचनासमेत जारी गरी त्यस्ता संरचना हटाउन अनुरोध गरेको छ ।





Comments