विद्यालयलाई विदेशी विद्यार्थीको सहयोग





डिकेश लामा,
५ जेठ, बेलडाँगी।
झापाको दमकमा रहेका केही विद्यालयलाई विदेशी विद्यार्थीहरुले सहयोग गरेका छन् ।
एक्सन एड ग्लोवल कन्ट्याक्ट नामक वेलायती अन्तराष्ट्रिय गैर सरकारी संस्थामार्फत खटिएका १२ कक्षामा अध्ययनरत १९ बर्षीय स्विडेनी नागरिक नोक लोन र २१ बर्षीय डेनमार्कका नागरिक थोमस ब्रासेनड्रफ मेलसनले सहयोग गरेका हुन् । उनीहरुले दमक १० मा रहेको दिपिनी निमावि, दमक-१ को भृकुटी निमावि र दमक-५ को चुलाचुली निमाविलाई विद्यालय कोठाको रंग रोगन, खेल, सामाग्री, व्हाइट बोर्ड, डेक्स वेन्च, मार्कर, डस्टर, कार्पेट लगायतका करिव ४ लाख रूपैयाँ मुल्य बराबरको सामाग्री उपलव्ध गराएको शिक्षक लक्ष्मी न्यौपानेले जानकारी दिए । विदेशी विद्यार्थीलाई सहयोग गर्दै आएका शिक्षक न्यौपानेका अनुसार आफैं विद्यार्थी रहेका विदेशी नागरिकले विद्यालयमा पुर्‍याएको सहयोगले पठनपाठन सहज हुनेछ।


चुलाचुली निमाविमा मंगलबार भएको सामाग्री हस्तान्तरण कार्यक्रममा स्थानीय अगुवा नैनसिंह भण्डारी, तारामान भूजेल, सुरेन्द्र श्रेष्ठ, शिक्षक होमनाथ ढकाल, लक्ष्मी न्यौपाने, सुमन नेम्बाङ्ग लगायतले सहयोगी विदेशी विद्यार्थीलाई धन्यवाद तथा शुमकामना दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम चौहानको सभापतित्वमा भएको कार्यक्रममा बालमैत्री कक्षा संचालनका लागि सहयोग गरेकोप्रति सहयोगी विदेशी विद्यार्थीलाई अतिथिहरुले नेपाली ढाका टोपी, खादा र अविर लगाएर सम्मान गरेको विद्यालयका प्रअ विष्णु गुरागाईंले जानकारी दिए । चुलाचुली निमाविलाई ५६ हजार रूपैयाँ मुल्य बराबरको शैक्षिक सामाग्री उपलव्ध गराएको विद्यालयले जानकारी दिएको छ ।






Comments