खुकुरी प्रहारबाट युवक घाइते



७ जेठ, सुनसरी।
एक समूहको खुकुरी प्रहारबाट सुनसरीको इटहरीमा बुधवार राति एक युवक गम्भीर घाइते भएका छन्।
खुकुरी प्रहारबाट इटहरी ५ का २१ बर्षिय रमेश श्रेष्ठ गम्भीर घाइते भएका हुन्।
राति पौने १० बजेतिर स्थानीय १८ बर्षिय सागर नेपालीसहित ३\४ जनाको समुहमा आएका व्यक्तिले श्रेष्ठलाई खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट घाँटीमा गम्भीर चोट लागेका उनको इटहरी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने सागर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्यको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीको भनाई छ।





Comments