दिपीनी निमाविमा टहरा निर्माण




४ जेठ, दमक।
झापाको दमक -१० स्थित दिपिनी निम्न माध्यमिक विद्यालयमा अस्थायी टहरा निर्माण गरिएको छ । भुकम्पले विद्यालयको चारवटा कक्षा कोठामा क्षति पुगेपछि विद्यालयको नियमित पठनपाठन सहज बनाउन अखिल क्रान्तिकारीका विद्यार्थीहरुले आज जनश्रमदान गरी दुई कोठे बाँसको टहरा कोठा निर्माण गरिदिएका हुन् । ३० जना विद्यार्थीहरुले वाँस, पालको प्रयोग गरी टहरा बनाएका हुन् ।
सो विद्यालयको ती कक्षा कोठा दमक नगरपालिकाका प्राविधिकहरुले वस्न नहुने सुचिमा राखेका थिए। यहाँ पढाई हुने दुई कक्षाका विद्यार्थीलाई अस्थायी टहरामा अध्ययन गराउन टहरा निर्माण गरिएको हो ।



गत वैशाख १२ गते र बैशाख २९ गते गएको भुकम्पवाट वस्न नहुने गरी भवन चर्किएपछि क्रान्तिकारीहरुको अगुवाईमा अस्थायी टहरा निर्माण गरिएको संगठनका केन्द्रीय सचिवालय सदस्य महेन्द्र भट्टराईले बताए । विद्यार्थीले आन्तरिक रुपमा २० हजार रुपैयाँ उठाएर टहरा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको भट्टराईले जनाए । सो अस्थायी कक्षा कोठा बनाउन संगठनका जिल्ला अध्यक्ष रवि वस्नेत, संगठनका पूर्व जिल्ला अध्यक्ष खगेन्द्र सुवेदी, संगठनका जिल्ला सदस्य विपीन बस्नेत, वाइसीएल दमकका अध्यक्ष डेविट शाही लगायतका विद्यार्थी तथा युवाहरु दिनैभरि परिचालित भएका थिए । यस्तै सो संगठनले जिल्लाका आधा दर्जन बढी क्षतिग्रस्त विद्यालयहरुमा बैकल्पिक कक्षा कोठा बनाउन थप तयारी गरिएको संगठनका जिल्ला अध्यक्ष बस्नेतले जानकारी दिए ।

यसैगरी दमक-१ स्थित भृकुटी निमाविको भवन हालै आएको भुकम्पले चर्किएपछि विद्यालयको नियमित पठनपाठन गर्न समस्या भएको विद्यालयका प्रअ लक्ष्मीप्रसाद न्यौपानेले बताएका छन् । भुकम्पले विद्यालयको कक्षा-७ र ८ पढने कक्षा कोठाको भवन चर्किएपछि पठनपाठन सुचारु गर्न समस्या भएको प्रअ न्यौपानेले बताए ।




Comments