युवतीहरूलाई वन्धक बनाई देहव्यापारमा लगाउने होटल सञ्चालक पक्राउ



६ जेठ, दमक।
युवतीहरूलाई बन्धक बनाई होटलमा यौनधन्दा सञ्चालन गर्ने एक व्यक्तिलाई विर्तामोड प्रहरीले आज पक्राउ गरेको छ ।
सुनसरीको इटहरी र झापाको सुरुङ्गाका दुई युवतीलाई बन्धक बनाएर यौन धन्धामा लगाउने मेची टप होटलका सञ्चालक जितेन उपनामले चिनिने डिजाइन राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
राजवंशीले इटहरीकी २२ वर्षीया राई थरकी एक युवती र सुरुङ्गा की २३ वर्षीया जोगी थरकी अर्की युवतीलाई लामो समयदेखि बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्दै आएको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको र पीडित युवतीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।





Comments