सगरमाथामा पोशाक बितरण




अनिल घिसिङ,
१५ जेठ, बेलबारी।
मोरङको बेलबारीस्थित सगरमाथा इङ्लिश स्कूलका विद्यार्थीहरुलाई एक समाजसेवीले पोशाक बितरण गरेका छन् ।

विद्यालयमा हिजो एक कार्यक्रमको आयोजनागरी बेलबारी-२ का कृष्ण प्रसाद ढकालले गत बर्षको परीक्षामा प्रथम र द्वितीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पोशाक बितरण गरेका हुन् ।

कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्म प्रथम र द्वितीय हुने २४ जना विद्यार्थीलाई पोशाक बितरण गरिएको हो ।





कार्यक्रममा चर्चित गायक कृष्णभक्त राईले आफ्ना गीतहरु सुनाउँदा कार्यक्रमको माहोल संगीतमय बनेको थियो । दृष्टिबिहीन गायक राईले धनको गरीब भएपनि मनको धनी बन्न सकुँ ... बोलको गीतबाट गायन शुरु गर्दा दर्शक श्रोता शब्दमा डुबेका थिए ।
गत बैशाखमा गएको बिनाशकारी गोरखा भूकम्पबाट पीडित बनेका राईले जीवन एउटा घामछाँया हो, एकछिनमै कहाँ पुग्छ..., नमुछे आमा दहीमा टिका आदि गीत गाएका थिए ।

कार्यक्रममा सो विद्यालयका छात्रछात्रा अङि्कत न्यौपाने, शोभा धिमाल, निशा परियार, अनिशा कार्की, आशिष बराइली लगायतले गीत गाएर मनोरञ्जन गराएका थिए ।





Comments