मदन-आश्रित दिवसमा रक्तदान



४ जेठ, दमक।
२२ औं मदन-आश्रित स्मृति दिवसको अवसर पारेर आज दमकमा आयोजना गरिएको रक्तदानमा ३२ पिन्ट रगत संकलन भएको छ । नेकपा एमाले क्षेत्रीय कमिटीले स्थानीय गणतन्त्र चोकमा आयोजना गरेको रक्तदानमा ५ महिला सहित ३२ जनाले रगतदान गरेको पार्टी क्षेत्रीय अध्यक्ष नेत्र प्रसाद दाहालले बताए। रक्तदानमा एमाले केन्द्रीय सदस्य हिक्मत कार्की, एमाले जिल्ला कमिटी सदस्यहरु होमबहादुर थापा, रोमनाथ ओली लगायतकाले रगत दान गरेका थिए।



हालै आएको विनासकारी भुकम्पबाट घाइते भएकाहरुका लागि आवश्यक पर्ने रगतको सहज रूपमा वन्दोबस्त सो रगतदान कार्यक्रम गरिएको अध्यक्ष दाहालले जानकारी दिए।
यसैगरी भुकम्प पीडितहरुका लागि झापा क्षेत्र नम्बर ७ मा पार्टी कार्यकर्ताहरुले डेढ लाख रूपैयाँ बढी राहत संकलन छन् । पार्टी सदस्यहरुबाट संकलित सो राहत रुपैयाँ आज नै क्षेत्रिय कमिटीलाई बुझाइएको छ।
एमाले दमकले एक लाख २२, धरमपुरले ३८ हजार र लखनपुरले २८ हजार रुपैयाँ संकलन गरी बुझाएको क्षेत्रीय अध्यक्ष दाहालले बताए। संकलित राहत क्षेत्रीय कमिटी हुँदै जिल्ला र केन्द्रीय कमिटीमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकमुष्ठ जम्मा गरिने बताइएको छ ।




Comments