भिरबाट लडेर एक किशोरीको मृत्यु



३ जेठ, पाँचथर।
पाँचथरको अमरपुरमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।
मृत्यु हुने अमरपुर ८ की १७ बर्षिया रमिला भट्टराई हुन्।
आफ्ना घरका गाईबस्तु चराउने क्रममा आज दिउँसो भिरबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी आवश्यक कानुनी प्रकृया पुरा गरेको छ। शवलाई पोष्टमर्टमका लागि जिल्ला अस्पताल पाँचथर लगिएको र घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


Comments