खैरो हिरोइनसहित ठूलो मात्रामा लागूपदार्थ बरामद




८ जेठ, मोरङ।
खैरो हिरोइनसहित एक युवकलाई प्रहरीले मोरङको बिराटनगरबाट बिहीबार पक्राउ गरेको छ ।
बिराटनगर १७ स्थित मलाया रोडबाट सुनसरी इटहरी १ का २६ वर्षिय बिनय श्रेष्ठलाई क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान समुह र लागुऔषध नियन्त्रण इकाईका प्रहरीले खैरो हिरोइनसहित पक्राउ गरेका हुन्। चेकजाँचका क्रममा उनको साथबाट १५ ग्राम खैरो हिरोइन बरामद भएको थियो। उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।



त्यसैगरी सुनसरीको धरान नगरपालिका ८ मा वेवारिसे अवस्थामा रहेको एक झोलाबाट ठूलो परिमाणमा विभिन्न लागुऔषध बरामद भएको छ।
चेकिङमा खटिएको प्रहरीले सवारी चेकजाँचका क्रममा बेवारिसे अवस्थामा छाडेको झोला खोलेर हेर्दा उक्त झोलाभित्र लागुऔषध डाफजेपाम, नुरजेसिक र एभिल २००\२०० एम्पुल तथा स्पास्मोप्रोक्सिवन ७०२ क्याप्सुल बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।





Comments