तात्यो चुनाव सडकको



१३ जेठ, दमक।
दमक रबी चिसोपानी सडक उपभोक्ता समितिको निर्वाचन तातेको छ । निर्वाचन हुन एक दिन बाँकी रहँदा दुवै प्यानलका उम्मेद्वारहरु मतदाताहरुसँग भोट माग्न व्यस्त छन् ।
नेपाली कांग्रेस, एमाले सहितका ठूला दल र केही साना दल सहितको गठबन्धनले उठाएको अध्यक्षका उम्मेदवार प्रकाश बुढाथोकीको प्यानल र एमाओवादी सहितका साना दलहरुको तर्फबाट उठाएको अध्यक्षका रेवतराज पुरीको प्यानलले आ-आफ्नो प्यानललाई जिताउनका लागि भोट मागिरहेका छन् ।


बुढाथोकी नेतृत्वको टोलीले आज अपरान्ह दमक १, २ र ३ को दुर्गा पाञ्चायन मन्दिरमा चुनावी कोण सभा गरेको र त्यसअघि ९ ,१०, १३ र १४ मा रहेका मतदातासँग भोट माग्ने काम सकिएको एमाले दमक नगर अध्यक्ष अम्विका खनालले बताए।
यसैगरी अध्यक्षका उम्मेदवार पुरीको टोलीले आज साँझ दमक चोकका मतदाताहरुसँग भोट मागेको एमाओवादी नगर इन्चार्ज रमेश गुरागाईले बताए। दमक १२ बाट शुरु गरेको भोट माग्ने काम वडा नम्वर ९ र १३ मा सकिएको बताइएको छ ।
समितिको कुल मतदाता १ हजार १ सय ३ जना रहेका छन्। निर्वाचन समितिका अनुसार आगामी जेठ १५ गते इलाम बाझोको खलङ्गे स्कुल र १६ गते दमकको रेडक्रस भवनमा निर्वाचन हुँदैछ।




Comments