दमक नगरपालिकाका कर्मचारीबाट राहत हस्तान्तरण



३ जेठ, दमक।
भुकम्प पीडितहरुलाई झापाको दमक नगरपालिकाका कर्मचारीहरूले आज डेढ लाख बढी रुपैयाँ सहयोग गरेका छन् । आज एक कार्यक्रम गरी नगरपालिकामा कार्यरत कर्मचारीहरुबाट संकलित सो राहत रकम सहयोग उपलब्ध गराएका हुन् ।
उनीहरुले ५ दिनको तलव वापतको संकलित रकम १ लाख ६८ हजार ९ सय २१ रुपैयाँ स्थानीय दमक प्राकृतिक प्रकोप राहत कोषका संयोजक लिला गुरागाईलाई हस्तान्तरण गरेका छन् । संकलित राहत रकम नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बुझाएका थिए।





भुकम्प पीडितहरुलाई सहयोग गर्ने उदेश्यले कोषमार्फत प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा जम्मा हुने गरी सो सहयोग गरिएको दमक नगर पालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए।
यसैगरी आज नै दमक नगरपालिका चोकका स्थानीय युवाहरुको पहलमा सो क्षेत्रमा संकलन गरिएको विभिन्न खाद्य बस्तु भएको राहत सामाग्रीसमेत दमक प्राकृतिक प्रकोप राहत कोषका संयोजक लिला गुरागाई र दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाललाई हस्तान्तरण गरिएको छ। यसरी संकलन भएको राहत सामाग्रीहरुमा चामल २ किलो, खाने तेल १ लिटर, आधा केजी सोयाविन, ४ प्याकेट जीवनजल, सावुन र सलाई १/१ वटा, चिउरा/भुजा आधा किलो रहेका ४ सय प्याकेट खाद्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
सोही अवसरमा दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नगरपालिकाका कर्मचारी परिवारको तर्फबाट प्रत्येक प्याकेटमा १५ किलो चामल थप गरिदिने बताए।







Comments