स्थापना दिवसमा युनियनले गर्‍यो तालिमको आयोजना




१३ जेठ, दमक।
नेपाल प्रेस युनियनको २४ औं स्थापना दिवसको अवसर पारेर युनियन झापाले आज बिर्तामोडमा पत्रकारहरुका लागि तालिम आयोजना गरेको छ।
बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानको सभाहलमा भएको तालिममा झापामा क्रियाशील ४० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । तालिममा नेपला पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष बिष्णु निष्ठुरी, झापाका अग्रज पत्रकार चिन्तामणि दाहाल र प्रेस युनियन झापाका तालिम संयोजक तथा बिबिसि नेपाली सेवाका उमाकान्त खनालले सहजिकरण गरेका थिए।
रेडियो, छापा र अनलाइन पत्रकारीता गरिरहेका पत्रकारहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको थियो ।




तालिमअघि भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय अध्यक्ष निष्ठुरीले पत्रकारीतामा बिश्वसनियता पहिलो आधार भएको बताएका थिए। कार्यक्रमका बिशिष्ट अतिथि नेपाली कांग्रेस झापा जिल्ला उपसभापति देउमान थेवेले पत्रकारहरुले लोकतन्त्रको रक्षाकोलागि आफ्नो कलम चलाउनु पर्ने बताए। अर्को फरक प्रसंगमा गत बैसाख १२ गतेको आम बिनासकारी भुकम्पका बेला पत्रकारहरुले आफ्नो ज्यान नै जोखिममा राखेर जनतालाई सुसुचित गरेको भन्दै यस कार्यको सबै जनताले मुल्यांकन गरेको थेवेले बताए।
कार्यक्रमका अर्का विशिष्ट अतिथि जिल्ला बिकास समिति झापाका स्थानिय विकास अधिकारी फणिन्द्र दाहालले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उतार्नको लागि सहभागिलाई शुभकामना दिएका थिए।
युनियनले आफ्नो स्थापना दिवसमा हरेक बर्ष बिबिध कार्यक्रम गरी मनाइने गरेको भए पनि यसपाली महाभुकम्पका कारण मुलुकले ठुलो धनजनको क्षति ब्यहोरेको र मुलुकनै शोकमा रहेकोले कुनै उत्सवको कार्यक्रम नगरी तालिमको आयोजना गरिएको युनियन झापाका सचिव गिरिराज भट्टराईले बताए।




Comments