पत्रकार विजयी



भूपेन्द्र तिम्सिना,
२ जेठ, उर्लाबारी।
मोरङको उर्लाबारीमा सञ्चालित मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणअन्तर्गत आज भएको मैत्रीपूर्ण खेलमा पत्रकार टिम विजयी भएको छ ।
पत्रकारले मदन भण्डारी प्रतिष्ठानको कर्मचारी टिमलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
प्रतिष्ठानको तर्फबाट खेल शुरु भएको चौथो मिनटमा मित्र खत्रीले गोलको खाता खोलेका थिए । त्यसपछि पत्रकारका मनकुमार तुम्सा र इश्वर भट्टराईले एक एक गोल गरी मध्यान्तरसम्ममा २-१ गोल अन्तरले आफ्नो टिमलाई अगाडि बढाएका थिए ।


दोस्रो हाफमा पत्रकारका तर्फबाट हरेन्द्र खत्रीले गोल थपे भने प्रतिष्ठानका मित्र खत्रीले पुनः अर्को गोल थपेपनि स्थिति ३-२ ले अगाडि बढेपछि पत्रकार टिम विजयी बन्न पुग्यो ।
खेलमा पत्रकारका इश्वर भट्टराई म्यान अफ दी म्याच घोषित भए ।
त्यसअघिको सालबारी र चन्दनेका बाल खेलाडीबीच भएको मैत्रीपूर्ण खेलमा टाइब्रेकरमा चन्दने विजयी भएको छ ।
प्रतियोगिताको भोलीको फाइनल खेलमा उपाधिका लागि आयोजक र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुने भएको छ ।


Comments