आश्रममा रहेकी बालिका बलात्कार गर्ने धर्मगुरू खोरमा



दमक ।
श्रीकृष्ण प्रणामी धर्मका धर्मगुरु बालिकामाथि जवरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । जिल्लाको कन्काई नगरपालिका ४ स्थित प्रणामी मन्दिरका धर्मगुरु महाराज मोहनानन्द भारद्वाज सुवेदी कोटीहोमबाट पक्राउ परेका हुन् ।
प्रणामी मन्दिर आश्रममा रहेका बालिकाहरुलाई धर्मगुरु सुवेदीले लामो समयदेखि आश्रममै जवरजस्ती करणी गर्ने गरेको जनाउदै आश्रमकी १४ वर्षिया एक बालिकाले प्रहरी समक्ष उजुरी गरेपछि उनी आश्रममा परिषद्को जिल्लास्तरीय बैठक भइरहेको समयमा बैठक स्थलबाटै पक्राउ परेका हुन् ।



उनलाई प्रहरीले कैलालीको टीकापुर घर भइ हाल आश्रममा बस्तै आएकी १४ वर्षिया एक बालिकालाई पटक–पटक जवरजस्ती करणी गर्ने गरेको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयबहादुर राउतले जानकारी दिए । मोरङ घर भई २० वर्षदेखि आश्रममा बस्तै अएका ६० वर्षिय सुवेदीले यसअघि पनि आश्रममा रहेका ६ जना बालिकालाई गुरु सेवाको नाममा यौन शोषण गर्ने गरेको पीडित बालिकाको आरोप छ । कनकाई उच्च मावि सुरुङ्गामा कक्षा–९ मा अध्ययनरत बालिकाले आफूमाथि लगातार भएको यौन शोषण अरु कसैले पनि भोग्नु नपरोस् भन्दै प्रहरीलाई खबर गरेसँगै घटना सार्वजनिक भएको हो । धर्मगुरुको यौन शोषणमा परेकी पीडित बालिकाको मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका सुवेदीले बालिकालाई यौन शोषण गर्ने गरेको प्रहरी समक्ष बयान दिएको समेत बताइएको छ ।



Comments