शिविरभित्र लैजाँदैगरेको रक्सी नष्ट



डिकेश लामा,
१५ जेठ, बेलडाँगी।
झापा दमकस्थित भूटानी शरणार्थी शिविरभित्र लैजादैगरेको अवस्थामा बरामद गरिएको १ सय ३५ लिटर घरेलु रक्सी आज शुक्रबार सार्वजनिक रुपमा नष्ट गरिएको छ ।
विभिन्न बाटो भएर शिविरभित्र लैजाँदैगरेको अवस्थामा सशस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगीको गस्तीले बरामद गरेको घरेलु रक्सी खाल्डो खनेर नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक वेश प्रमुख जंगबहादुर भट्टराईले बताए ।
नष्ट गर्ने कार्यक्रममा नेपाल सरकार प्रतिनिधि शिविर सुपरिवेक्षक यज्ञ निरौला, शिविर सचिव सन्चहाङ्ग सुव्बा, संचारकर्मी डिकेश लामा लगायत अन्य शरणार्थी दातृ निकायका प्रतिनिधि र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।



गत बैशाख २८ गतेमात्र शिविर व्यवस्थापन समिति र शिविर रेखदेख दलको संयुक्त गस्तीले छापामारी शिविरका घरहरुबाट मादकजन्य पदार्थ शीलप्याक तथा घरेलु रक्सी, वियर लगायत नष्ट गरेको थियो ।
शिविर भित्र मादक पदार्थको प्रयोगका कारण घरेलु हिंसा र झैझगडा बृद्धि हुनाले लामो समयदेखि मादकजन्य पदार्थको रोक लगाए पनि लुकिछिपी प्रयोग गर्ने कार्य भने रोकिन नसकेको शिविर व्यवस्थापन समितिले जनाएको छ ।




Comments