३० बैशाख, दमक।
झापाको पृथ्वीनगर ५ स्थित फर्निचर उद्योगमा मेसिनले काटेर एकजनाको मृत्यु भएको छ।
सगरमाथा चोकमा रहेको नविन फर्निचर उद्योगमा मंगलबार विहान मेसिनले काट्दा सोही ठाउँका २१ बर्षीय सुनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चलिरहेको मेसिनको पाटा (आरा) अचानक चुँडिएर त्यस्ले विकको कम्मरको तलको भाग काट्दा उनको शरीर दुई टुक्रा भएको स्थानीयवासीले बताएका छन् ।

Comments
Post a Comment