भालुको आक्रमणबाट किशोर गम्भीर



३ जेठ, भोजपुर।
भालुले आक्रमण गर्दा भोजपुरको छिनामखुमा एक किशोर गम्भीर घाइते भएका छन् ।
जंगलमा भेडा बाख्रा चराउन गएको अवस्थामा दिउँसो शनिबार २ बजे अचानक जंगलबाट निस्किएको भालुलेले आक्रमण गर्दा छिनामखु ८ का १८ वर्षिय कुस्मित बस्नेत घाइते भएका हुन् ।
तिघ्रा र शरीरका विभिन्न ठाउँमा भालुले चिथोरेका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको भोजपुर प्रहरीले जनाएको छ।





Comments