दमकलाई हराएपछि आयोजक उपाधिनजिक



तेजन खड्का
३१ बैशाख, उर्लाबारी।
मोरङको उर्लाबारीमा जारी मदन भण्डारी स्मृति गोल्डकपको चौथो संस्करण अन्तर्गतको बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान बिजयी बन्दै फाइनल खेलमा प्रवेश गरेको छ । दमक फुटवल क्लव दमकलाई एक शुन्य गोलले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो ।
खेलको १५ औं मिनेटमा आयोजकका सुनिल खड्काले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । आयोजक टिमका खेलाडीले डि-बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीको अवसर दमकका प्रकाश बुढाथोकीले बल आउट हानेका थिए । दमकबाट ए डिभिजनका खेलाडीहरु बिजय धिमाल, नवयुग श्रेष्ठ, दिपक राईलगायत मैदानमा उत्रिएपनि दमकले कुनै गोल गर्न सकेन ।



खेलको म्यान अफ द म्याच आयोजक टिमका देवराज लिम्बु घोषित भए ।
भोलि हुने दार्जिलिङ ११ र चर्च ब्वाइज बीचको दोस्रो सेमिफाइनल खेलको बिजेतासँग आयोजकले फाइनल खेलको सामना गर्नेछ ।

Comments