खुकुरी प्रहारबाट पथरीमा दुई घाइते




८ जेठ, मोरङ।
धारिलो हतियार प्रहारबाट विहीबार मोरङको पथरी-शनिश्चरेका छुट्टाछुट्टै ठाउँमा दुई युवक घाइते भएका छन्।
खुकुरी प्रहारबाट पथरी-शनिश्चरे - ७ का वर्षिय सग बहादुर राई र सोही नगरपालिका १४ का रण बहादुर तामाङ घाइते भएका हुन् ।
राईलाई छिमेकिको घरबाट फर्कनेक्रममा हिजो साँझ अपरिचित ३/४ जनाको एक समुहले खुकुरी प्रहार गरी फरार भएको हो।



त्यस्तै तामाङलाई हिजो राति घरमै बसिरहेको अवस्थामा मदिरा सेवन गरी आएका स्थानीय उमेश राईले वादविवाद गरी खुकुरीले प्रहार गरी फरार भएका छन्।
घाइते दुबैको पथरीस्थित डाइनेष्टिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।




Comments