भुकम्पले स्थगित पूनर्वास अझै सुचारू भएन





३ जेठ, दमक।
स्थगित रहेको भुटानी शरणार्थीको तेस्रो देश पूनर्वास पुनः सुचारु हुन अरु केही साता लाग्ने भएको छ । गत बैशाख १२ गते आएको भुकम्पपछि भुटानी शरणार्थीहरुको तेश्रो मुलुक पूनर्वास प्रभावित भएको हो ।
दमकस्थित अन्तराष्ट्रिय आप्रवासन संगठन आइओएमका एक अधिकारीले दिएको जानकारीअनुसार जेठ दोस्रो सातादेखि पूनर्वास पुनः शुरू गर्ने तयारी भइरहेको छ ।
१२ बैशाख दिउँसो भुकम्प गएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल बन्दभएसँगै शरणार्थीको तेस्रो देश उडान पनि रोकिएको थियो ।
महिनौंको प्रशासनिक प्रकृयापछि उडानको समयमा शरणार्थीको पूनर्वास स्थगित भएको छ । पूनर्वासको लागि स्वास्थ्य जाँच गराएर बसेका कतिपय शरणार्थीको पुनः स्वास्थ्य जाँचको तयारी समेत भइरहेको बताइएको छ ।

Comments