बस दुर्घटनामा एक वृद्धाको मृत्यु, २६ घाइते




१५ जेठ, दमक।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा हिजो अपरान्ह भएको सडक दुर्घटनामा एक वृद्धाको ज्यान गएको छ । दुर्घटनामा अन्य २६ जना घाइते भएका छन् ।
दुर्घटनामा गम्मीर घाइते भएकी जलथल ७ की ८५ बर्षिया बेदमाया ढकालको उपचारको क्रममा बि.एम.सी. अस्पतालमा मृत्यु भएको हो । अन्य गम्भीर घाइते भएका ४ जनाको बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र अन्य २२ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

विहीबार अपरान्ह पौने पाँच बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदैगरेको को १ ख ३१९५ नम्बरको यात्रुबाहक बस तिब्र गतिका कारण शिवसताक्षी ७ मा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो।
बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।



Comments