मुद्दा दर्ता भएपछि हाडनाता करणीका आरोपी कोइराला फरार



४ जेठ, दमक।
हाडनाता करणीको अभियोगमा मुद्दा दर्ता भएपछि अभियुक्त झापा कोहवरा- ३ का ३६ बर्ष पाण्डुप्रसाद कोइराला फरार भएका छन् ।
उनले नाता भित्रैकी १५बर्षीया किशोरीलाई ४ बैशाखदेखि भगाएर पश्चिम नेपालको कैलालीसम्म पुर्‍याएका थिए । पहिलोपटक इलाका प्रहरी कार्यालय गौरीगञ्जमा परेको उजुरी पीडितका बाबुले दबाबमा फिर्ता लिएपछि किशोरी झापाको सुरुङ्गामा आफन्तकहाँ राखिएकी थिइन् ।


महिला अधिकारकर्मीहरुको सहयोमा २८ बैशाखमा पाण्डुप्रसाद बिरुद्ध हाडनाता करणीको मुद्दा दर्ता भएको छ । ती किशोरीले आफुलाई अभियुक्त कोइरालाले बिभिन्न प्रलोभन देखाउँदै एक बर्षदेखि यौनशोषण गर्दै आएको बयान दिएकी छिन् ।
यसैबीच ती किशोरी हाल दमकस्थित महिला सशक्तिकरण केन्द्र नेपालको संरक्षणमा रहेको केन्द्रकी अध्यक्ष भुमिका कोइरालाले बताएकी छिन् ।





Comments