हात्तीको आक्रमणबाट वृद्धको मृत्यु




७ जेठ, सुनसरी।
सुनसरीको हरिपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुने हरिपुर गाविस ४ का ७० वर्षीय प्रेमबहादुर मगर हुन्।
चार वटाको समुहमा आएको हात्तीले आज बिहान करिब ४ बजे मगरको घर भत्काएपछि भाग्नेक्रममा हात्तीले उनलाई टाउकोमा आक्रमण गरेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।







Comments