खजुरगाछीमा नेतृत्व विकास तथा प्रस्ताव लेखनसम्वन्धी ३ दिने तालिम सम्पन्न




७ जेठ, खजुरगाछी।
झापाको खजुरगाछीमा नेतृत्व विकास तथा प्रस्ताव लेखनसम्वन्धी ३ दिने तालिम आज विहिवार समापन भएको छ ।
खजुरगाछी गाविस भवनमा सम्पन्न तालिममा खजुरगाछी गाविस भित्रका महिला, बालबालिका, आदिवासी जनजाति, दलित, अपाङ्ग तथा पिछडावर्गका ३० जना पदाधिकारीहरुको सहभागिता रहेको थियो। तालिममा गाविस सहजकर्ता कृष्ण खड्का र जिविस सहजकर्ता उमानाथ ढकालले सहजीकरण गरेका थिए । खजुरगाछी गाविसको आयोजनामा सञ्चालित तालिममा दक्षिणी क्षेत्रमा रहेका आदिवासी जनजाति र लक्षित वर्ग समुदायमा चेतनाको कमीका कारण क्षमता र नेतृत्व विकास गर्न तालिम सञ्चालन गरिएको खजुरगाछी गाविसका खरिदार श्याम नारायण सिंह गन्गाईले बताए । तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।



समापन कार्यक्रम गौरीगंज गाविस सचिव रुद्र वहादुर तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा महिला समितिका अध्यक्ष फुलवत्ती राजवंशी र आदिवासी जनजाती गाउँ समन्वय परिषद खजुरगाछीका अध्यक्ष आत्माराम राजवंशीले मन्तव्य राखेका थिए । सहभागिहरुको तर्फबाट चन्द्रा दर्नाल र गोपाल प्रसाद सिंह गन्गाईले शुभकामना मन्तव्य राखेका थिए ।



Comments