दमकमै अस्ट्रिचका चल्ला उत्पादन शुरु




१५ जेठ, दमक ।
दमक १३को अस्ट्रिच लेनले अस्ट्रिचका चल्ला उत्पादन शुरु गरेको छ ।
डेढ बर्षअघि शुरु सो अस्ट्रिच फर्ममा इन्क्युभेटर मेशिनमा राखिएको ४६ दिनपछि एक केजी नौ सय ग्रामको अण्डाबाट चल्ला काढिएको फर्मका सञ्चालक दिलबहादुर बुढाथोकीले बताए ।
दमकको अस्ट्रिच लेन मुलुकको दोस्रो अस्ट्रिच फर्म हो । योबाहेक सबैभन्दा वजनदार पंक्षी अस्ट्रिचको चल्ला उत्पादन फर्म भैरहवामा मात्र छ । अस्ट्रिचको मासु बजारमा सरदर एकहजार सातसय रुपैयाँ केजीको भाउमा बिक्ने गरेको छ ।



Comments