सामूहिक बङ्गुरपालनमा नेताहरु




१ जेठ, दमक।
झापाको दमकमा क्रियाशील बिभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले सामूहिक बंगुरपालन गरेर नौलो व्यवसायीक कृषिमा जुटेका छन् । विगत लामो समयदेखि राष्ट्रिय राजनीति अस्थिर भई एक अर्कामा वेमेल बन्दै गएका बेला यहाँका राजनीतिक दलका नेताहरुले भने व्यवसायीक सहकार्य बनाएर नमुना बंगुरपालनमा लागेका छन् ।

उनीहरुले करिब १ करोड २० लाख रुपैयाँको लगानी गरेर सामूहिक बंगुरपालन शुरु गरेका छन् । दमक-१३ स्थित ठुलो विरानमा १ विगाहा क्षेत्रफलमा उनीहरुले संयुक्त वंगुरपालन गरेका हुन् ।





पूर्बेली कृषि सहकारी संस्था लिमिटेड. दमकका शेयर सदस्यहरु र नेपाली कांग्रेसका ढुण्डिराज भण्डारी, पदम बुढाथोकी, रोशन गौतम, राजेन्द्र भण्डारी, चन्द्र काफ्ले, वेनु बाँस्कोटा, राप्रपा नेपालका घनेन्द्र सुब्बा, रुद्र तिम्सिना, नरबहादुर पुलामी, पशुप्राविधिक नरकुमार राना, व्यवसायी काशी खाती, अनन्त खाती, पुष्प विक, एमाओवादीका गगन पुरी, सिमा पुरी, देउकुमारी पुरी, गणेश कार्की लगायतका दमकमा सक्रिय राजनीतिक दलका नेताहरु मिलेर सामूहिक रुपमा व्यवसायमा लागेका हुन् ।
सवै लगानीकर्ता यहाँका सामाजिक तथा राजनीतिक क्षेत्रमा उत्तिकै चिनिएका छन् । ' 'हामीले आयआर्जनमा सघाउ पुग्ने सोचले यस्तो सामूहिक बंगुरपालन गर्ने निर्णय गरेका हौं', कांग्रेस नगर सभापतिसमेत रहेका ढुण्डीराज भण्डारीले भने, 'नेताहरुले राजनीतिक बाहेक व्यवसायमार्फत आर्थिक उपार्जनका लागि यो काममा हात हालेका हौं।'


वङ्गुरपालनका लागि जमीन खरिद गरी वि.सं. २०७१ को बैशाखबाट खोर तथा अन्य भौतिक निर्माणको कार्य थालिएको हो ।
फर्ममा २०७१ माघ महिनाबाट बंगुरको पाठा हाल्ने काम थालिएको बताइएको छ । हाल उक्त फार्ममा ११९ वटा पाठापाठी (बंगुर ) रहेका छन् भने यो बर्षभित्रमा २ सयका हाराहारीमा पाठापाठी पुर्‍याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष गोविन्द बस्नेतले बताए।

अहिलेसम्म १ करोड २० लाख रुपैयाँ लगानी भइसकेको उक्त फर्मबाट दमक क्षेत्रमा आवश्यक पर्ने मासुको आपूर्ति गर्नुका साथै निकट भबिष्यमा बाख्रापालन र भैसीपालन समेत गर्नुका साथै १० विगाह जमिन लिजमा लिएर अर्गानिक तरकारी खेती समेत गरिने अध्यक्ष बस्नेतले बताए।




Comments