तीन जोडी समातिए



६ जेठ, दमक।
दमकका विभिन्न होटल तथा लजहरुबाट तीन जोडी समातिएका छन् । स्थानीय होटल तथा लजहरुमा अनैतिक कृयाकलापहरु हुने गरेको गुनासो आएपछि प्रहरीले आज दिउसो दमक चोक आसपासका शंकास्पद एक दर्जन बढी होटल तथा लजहरुमा छापा मारी तीन जोडीलाई नियन्त्रणमा लिएको हो । दमकको सृजना होटल, विटु होटल, ढावा होटल लगायतका एक दर्जन बढी होटल तथा लजहरुमा छापा मार्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।


उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले होटल तथा लजहरुमा देखिएका यस्ता विकृति हटाउन निगरानी कार्य तीव्र पारिने बताइएको छ ।
भुकम्पका कारण विस्थापित बनेका राजधानी लगायतका विभिन्न ठाउँका पेशेवर महिलाहरु ग्राहक खोजीका लागि यो क्षेत्रमा आएको प्रहरीको अनुमान छ ।



Comments