खोलामा डुबेर बालकको ज्यान गयो




अनिल घिसिङ
९ जेठ, बेलबारी।
मोरङको बेलबारीस्थित सिसौली खोलामा डुबेर एक बालकको ज्यान गएको छ ।
सिसौलीबाट काकुम बुधबारेतर्फ नहर लैजान बनाइएको बेलबारी २ स्थित बाँधमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब १२ बजेतिर ती बालक डुबेका थिए ।
खोलामा डुबेर बेहोस अवस्थामा निकालिएका स्थानीय मीना धामीका ६ बर्षीय छोरा सुदिपलाई उपचारका लागि सामुदायिक नोबेल अस्पताल बेलबारी पुर्‍याइएको थियो ।

तर अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दुर्गाप्रसाद दाहालले बताए।


Comments