भुटानी गायक शिवाकोटीको म्युजिक भिडियो (भिडियोसहित)




सरोज बस्नेत, उर्लाबारी।
अमेरिकामा पुनर्वास भएका भुटानी गायक लिला शिवाकोटीको गाजले गाजले बोलको गीतको भिडियो निर्माण गरेका छन् ।
'याद तिम्रो’ एल्बममा समावेश उक्त गीतको भिडियो विशाल भण्डारीले निर्देशन गरेका हुन् । भिडियोमा अनु शाह र पल शाहले अभिनय गरेका छन् । गीतमा संगीत राजनराज शिवाकोटीको रहेको छ ।





भर्खरै पहिलो एल्बम बजारमा ल्याएका गायक शिवाकोटीले अन्य गीतको समेत भिडियो बनाउने बताएका छन् । मोरङको शनिश्चरे भुटानी शरणार्थी शिविरबाट आठ वर्षअघि पुनर्वासको क्रममा अमेरिका पुगेका हुन् । शिवाकोटीको एकल स्वर रहेको एल्बममा छवटा गीत समावेश रहेका छन् ।
अमेरिकामा समेत विभिन्न सांगितिक कार्यक्रममा स्टेज तताइसकेका गायक शिवाकोटीले स्थापित गायक बन्ने लक्ष्य रहेको बताएका छन् । आगामी दिनमा समेत स्रोताहरुले मन पराउने खालका गीतसंगीतहरु बजारमा ल्याउने योजना रहेको उनले सुनाए ।



Comments