यूनियनद्वारा दमकमा दीप प्रज्ज्वलन




१२ जेठ, दमक।
नेपाल प्रेस यूनियनको २५ औं स्थापना दिवसका अवसर पारेर मंगलवार दमकमा हालै आएको बिनासकारी भुकम्पमा परेर ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्जवलन गरिएको छ ।
स्थानीय गणतन्त्र चोकमा आयोजित सो कार्यक्रममा भुकम्पमा ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरी मौनधारण गरिएको थियो । त्यस अवसरमा भुकम्पमा परेर घाइते भएकाहरुको समेत शीघ्र स्वास्थ्यलाभको समेत कामना गरिएको थियो ।




यूनियन माईपश्चिम क्षेत्रीय समितिले गरेको सो कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति शेरबहादुर भट्टराई, कांग्रेस दमक नगर सभापति ढुण्डीराज भण्डारी, कांग्रेस महासमिति सदस्य दिलबहादुर बुढाथोकी, नेविसंघ जिल्ला सभापति रोशन विष्ट, महिला संघ क्षेत्रीय सभापति रेगीना भट्टराई (प्रसाईं),दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठ, पत्रकारहरु, यातायात मजदुरहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम यूनियन क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको थियो ।
यसैगरी विर्तामोडमा पनि यूनियन झापाले भुकम्पमा परेर ज्यान गुमाएकाहरुको स्मृतिमा सामूहिक रुपमा दीप प्रज्ज्वलन गरेको यूनियन झापाका सचिव गिरीराज भट्टराईले जानकारी दिए । यूनियनको स्थापना दिवसका पारेर भोलि विर्तामोडमा सञ्चारकर्मीहरुका लागि पूनर्ताजगी तालिम सञ्चालन गरिने भएको जनाइएको छ ।




Comments