लक्ष्मीमार्गमा जीप पल्टिँदा एक जनाको मृत्यु, चारजना घाइते



अनिल घिसिङ,
३ जेठ, बेलबारी।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको लक्ष्मीमार्ग सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।
पूर्बाट पश्चिम जाँदै गरेको मे१च १००१ नम्बरको जीप आज बिहान सवा ६ बजेतिर लक्ष्मीमार्गस्थित पूलबाट खस्दा झापा बिर्तामोडकी अन्दाजी ४२ बर्षीया बुल्सन बेगम सेखको घटनास्थलमै मृत्यु भएको हो ।

जीपमा सवार अन्य चारजना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
पानी परेर चिप्लो भएको सडकमा चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बेलबारीको भनाई छ ।


Comments