प्रजातन्त्रवादी प्राध्यापकहरुको माग



२८ बैशाख, दमक।
दमक बहुमुखी क्याम्पसका प्रजातन्त्रवादी प्राध्यापकहरुले विभिन्न चार सुत्रीय माग राख्दै क्याम्पस प्रशासनसमक्ष ज्ञापन पत्र बुझाएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ इकाइ समितिले सोमबार पेशागत सेवासुविधा लगायतका मागहरु राख्दै एक सातासम्म माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले कार्यरत कर्मचारी तथा प्राध्यापकहरुको केही महिनादेखि बृद्धि भएको सेवा, सुविधा नपाएको, सहायक क्याम्पस प्रमुख पदको नियुक्ति बरिष्ठताको आधारमा अविलम्ब गरिनु पर्ने माग राखेको छ । संघले क्याम्पस सहायक प्रमुखको पदावधि समाप्त भएपनि हालसम्म नियुक्तिका लागि पहल नगरिएकोप्रति चासो राख्दै तुरुन्त नियुक्तिको व्यवस्था गर्न माग गरेको छ।




यसैगरी क्याम्पस प्रशासनले गठन गर्ने विभिन्न उपसमितिहरुमा प्रजातन्त्रवादी प्राध्यापकहरुलाई समेत प्रतिनिधित्व गराउनसमेत ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै, हालै आएको महाभुकम्प पीडितहरुका लागि क्याम्पसले संकलन गरेको राहत जुटाउने कार्यमा प्राध्यापकद्वय लोकनारायण चौधरी र कुमार निरौलालाई विभेद गरेको घटनाप्रति समेत संघले आपत्ति जनाएको संघका कार्यवाहक अध्यक्ष डाक्टर नेत्र बहादुर बुढाथोकीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।





Comments