सिके राउत इटहरीबाट पक्राउ, कडा कार्वाही गर्न स्थानीयवासीको माग



१२ जेठ, सुनसरी।
राज्यविरुद्ध अभिव्यक्ति दिदैं हिँडेका सिके राउतलाई प्रहरीले इटहरीबाट आज पक्राउ गरेको छ। इटहरीस्थित एरिना टेलिभिजनमा अन्तर्वार्ता दिन हिँडेका उनलाई प्रहरीले टेलिभिजन कार्यालय परिसरमै पक्राउ गरेको हो ।
राउतलाई पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखेको इलाका प्रहरी कार्यलय इहटरीका डिएसपी विनोद शर्माले बताए। राष्ट्रिय एकता र अखण्डताविरुद्धको अभियानमा लागेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यसअघि पनि राउत पटकपटक पक्राउ परेर छुटेका थिए।





उनलाई पक्राउ गरेपछि इलाका प्रहरी कार्यालय अगाडि भेला भएका इटहरी तथा वरपरका स्थानीयबासीले राउत विरूद्ध कडा कारबाहीको माग गर्दै अहिले नाराबाजी गरेका छन् । स्थानीयवासीले 'सिके राउत मुर्दावाद, राज्य विरुद्ध अभिव्यक्ति दिनेलाई कडा कारबाही गर' जस्ता नाराबाजी गरेका थिए।


Comments