खोलामा नुहाउँदा बगेर बेपत्ता





३१ बैशाख, मोरङ।
मोरङको वारंगी ६ स्थित किसान खोलाको दहमा नुहाउन गएका एक किशोर आज बगेर बेपत्ता भएका छन्।
लेटाङ-भोगटेनी नगरपालिका ८ बस्ने १६ वर्षिय निशान राई खोलामा नुहाउनेक्रममा बगेर बेपत्ता भएका हुन्। उनीसहित उनकै बिद्यालय पूर्वाञ्चल अल्मामिटर बोर्डिङ स्कुलमा पढ्ने चारजना दिउँसो २ बजे खोलामा पसेका थिए। त्यसै क्रममा उनलाई खोलाले बगाएको थियो।

बेपत्ता राईका आफन्त र स्थानीयको सहयोगमा प्रहरीले उनको उनको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।



Comments